images

युरो कप फुटबलको सेमिफाइनलका पहिलो खेल फ्रान्स र स्पेनबीच कडा प्रतिस्पर्धा हुँदै

काठमाडौं– जारी युरोपेली च्याम्पियनसिप युरो कप फुटबलको सेमिफाइनलका पहिलो खेल मङ्गलवार रातिदेखि सुरु हुँदै छ ।

युरो कप २०२४को सेमिफाइनलको पहिलो खेल स्पेन र फ्रान्सबीच जर्मनीको एलियान्ज एरिना स्टेडियममा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । यी दुई टोली पूर्वविजेता बीचको खेल रोमाञ्चक र निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा समेत गरिएको छ ।

यसअघि क्वार्टर फाइनलमा पोर्चुगललाई टाई ब्रेकरमा पराजित गर्दै फ्रान्सले अन्तिम चारको स्थान पक्का गरेको हो । केलियन एमबाप्पेले नेतृत्व गरिरहेको फ्रान्स उपाधिको बलियो दाबेदारका रूपमा समेत मूल्याङ्कन गरिए पनि तर, खेलमा टिमले अपेक्षा अनुसार नतिजा निष्केको छैन । फ्रान्सको अहिलेसम्मको खराब प्रदर्शनको समर्थक र फुटबल जानकारहरूले आलोचना गरिरहेका छन् ।

पोर्चुगलविरुद्धको अन्तिम आठको खेलमा पनि फ्रान्सले सङ्घर्षपूर्ण जित निकालेको थियो ।अर्कोतर्फ स्पेनले भने आयोजक जर्मनीलाई २–१ गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । स्पेन यस प्रतियोगितामा लगातार पाँच जितसहित अन्तिम चारमा पुगेको हो । आफ्ना प्रमुख खेलाडी पेड्री बिना मैदान उत्रिन लागेको स्पेनका लागि भने आजको खेलमा चुनौती भने थपिएको छ ।

मिडफिल्डर पेड्री चोटका कारण प्रतियोगिताबाट बाहिरिइसकेका छन् । जर्मनीविरुद्धको खेलका क्रममा सेन्टर ब्याक रोबिन ले नोरमन्डलाई पहेँलो र डानी कार्भाजाललाई सिधै रातो कार्ड देखाइएको थियो । दुवैले आज राति हुने फ्रान्सविरुद्धको सेमिफाइनल खेल्न नपाउने भएका छन् ।