images
images

सवारी दुर्घटना न्यूनीकरण गर्न‘मेरो सवारी, मेरो लेन’ अभियान सुरु

भैरहवा–सवारी चालकलाई लेन अनुशासन सिकाउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रुपन्देहीमा ‘मेरो सवारी, मेरो लेन’ अभियान सुरु गरिएको छ ।

बढ्दो सवारी चापसँगै लेन अनुशासन उल्लङ्घन गर्दा हुने दुर्घटना न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले ट्राफिक सचेतना सुरु गरिएको जनाइएको छ ।

सीमा नाका बेलहियामा बसमा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्टिकर टाँसेर सुरु गरिएको अभियान साताव्यापी रूपमा चल्नेछ ।

जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको आयोजना तथा विभिन्न सङ्घ–संस्थाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।

आर्थिक तथा व्यापारिक केन्द्र रुपन्देहीमा सवारी चाप बढ्दो मात्रामा छ । जिल्लामा लेन अनुसारका फराकिला सडक भए पनि चालकले लेन अनुशासन पालना नगर्दा दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले बताए ।

उनले सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउनु अभियानको उद्देश्य रहेको बताए । उनले भने, ‘यो कार्यक्रमले सडक लेन अनुशासन पालना गर्नुपर्छ भन्ने आम सर्वसाधारणमा सन्देश जानेमा विश्वस्त छौँ ।’

जिल्लाका मुख्य सडक र व्यस्त चौराहामा विद्यार्थी, सङ्घ–संस्था, सञ्चारकर्मी, आमा समूह, टोल समिति, उद्योगी–व्यवसायीको सहभागितामा सप्ताहव्यापी रूपमा सचेतनामूलक अभियान सञ्चालन गरिने उनको भनाइ छ ।
अभियानको सह–आयोजकमा नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश अन्तर्गत १४ वटा बिमा कम्पनी कार्यालयहहरु रहेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS