
काठमाडौँ–सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
यसअघि हिजो सोमबार एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको थियो ।
यो रेकर्डलाई आजको मूल्यले ‘ब्रेक’ गरेको हो । सोमबारको तुलनामा सुनको मूल्य ९०० रुपैयाँले बढेर कारोबार भएको हो ।
तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।