images

सेयर कारोबारमा भारी मात्रामा बढ्यो

काठमाडौँ–साताको अन्तिम कारोबार दिन धितो पत्रको दोस्रो बजारमा लगानीकर्ताहरूको आकर्षण वाणिज्य बैङ्कतर्फ देखिएको छ ।

नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैङ्कहरूको शेयर मूल्य बढेको छ । १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६ दशमलव २८ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैङ्क, होटेल तथा पर्यटन, जीवन बिमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

बिहीबार नेप्से परिसूचक ५९ दशमलव ६८ अङ्क बढेर २४ सय २४ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन १२ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३१२ स्टकको १ लाख ८४ हजार ७१२ पटकको कारोबारमा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस दिन नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कुमारी बैङ्क र प्रभु बैङ्कको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ ।