images
images

प्रधानमन्त्री ओलीका विकास सल्लाहकार खतिवडाको हस्तक्षेपपछि मौद्रिक नीति रोकियो

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका विकास सल्लाहकार डा। युवराज खतिवडाको सल्लाहपछि नेपाल राष्ट्र बैङ्कले शुक्रवार सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति रोकिएको छ ।

राष्ट्र बैङ्क व्यवस्थापन समितिले पारित गरिसकेपछि गभर्नर महाप्रसाद अधिकारीले बिहीबार प्रधानमन्त्री ओली र सल्लाहकार खतिवडालाई ब्रिफिङ गरेका थिए ।

शुक्रवार राष्ट्र बैङ्क सञ्चालक समितिको बैठक बसेर पारित गर्ने र दिउँसो सार्वजनिक गर्ने कार्यक्रम थियो । तर, नवनियुक्त विकास सल्लाहकार डा. खतिवडाले मौद्रिक नीतिमा केही संशोधन औँल्याएपछि सार्वजनिक कार्यक्रम सारिएको हो ।

प्रधानमन्त्री ओलीका विकास सल्लाहकार खतिवडा स्वयं पूर्व गर्भनर हुन् । उनी मौद्रिक नीतिका विज्ञसमेत हुन् । प्रधानमन्त्रीको उपस्थितिमा उनले गभर्नर अधिकारीलाई केही संशोधन गर्न आग्रह गरेका थिए । तर, आफूले मौद्रिक नीति रोक्न नभनेको उनले बताएका छन् । खतिवडा बिहीबार नै प्रधानमन्त्रीका विकास सल्लाहकार नियुक्त भएका थिए ।