images

कांग्रेस–एमालेबीच बागमतीमा २०/२० महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच बागमती प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुटेको छ ।

मंगलबार बिहान एमाले र कांग्रेस बागमती प्रदेशका शीर्ष नेताहरुबीच प्रदेशको बाँकी रहेको करिव ४० महिनाको अवधिमा आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । पहिलो कार्यकाल लामाको नेतृत्वमा ७ मन्त्री कांग्रेसले लिने र ६ मन्त्री एमालेले लिने सहमति भएको छ ।

लामापछि एमाले संसदीय दलका नेता थपलियाले मुख्यमन्त्री पाउने सहमति भएको छ । सहमतिमा मुख्यमन्त्रीपछिको दुईवटा शक्तिशाली मन्त्रालयको बाँडफाँट परिवर्तन गरिएको छ ।

पहिलेको सहमतिमा आर्थिक मामिला मन्त्रालय एमाले र भौतिक मन्त्रालय कांग्रेसले लिने सहमति थियो । तर, अब मुख्यमन्त्री पाउने दलले अर्थ मन्त्रालय पाउने भएको छ । यो सहमति थपलियाको कार्यकालमा पनि लागू हुने सहमतिमा उल्लेख छ ।