images

एमालेका गलत क्रियाकलाप ढाकछोप गर्न गठबन्धन गरिएको होइन: कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने टिप्पणी गरे ।

कांग्रेस र एमालेबिच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको उनको भनाइ छ । महामन्त्री शर्माले सत्तारुढ दलहरूबिच विमतिका कयौँ विषयहरू रहेको भन्दै कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने कुरा हुनै नसक्ने बताए ।

महामन्त्री शर्माले सरकारले मुलुकलाई तत्काल मुनाफा दिने खालको आयोजनाहरूको कामलाई अघि बढाउन जोड दिनुपर्ने पनि बताए । मुलुकलाई ऋणको भार बढाउने खालको आयोजनाहरूको काम अहिलेका लागि प्राथमिकतामा राख्न नहुने उनको भनाइ छ ।