images

भ्रष्टाचारविरुद्ध निमर्म बन्ने प्रधानमन्त्रीको दाबा, स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम नगर्ने प्रतिवद्धता 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास भइरहेको बताएका छन् ।

पार्टी निकट खेलकुद महासंघको केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै उनले देश विकासमा योगदान नै नभएका केही व्यक्तिहरुले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास गरिरहेको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले विगतको सरकारको जस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने पनि स्पष्ट पारेका छन् ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले कीर्तिपुरको रंगशालामा आवश्यक पूर्वाधार तीन सय दिनभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।