images

शिक्षा र स्वास्थ्य महँगो भयो, सरकारको ध्यान जाओस्: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको शिक्षा महँगो भएको बताएका छन् ।

मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखे पनि कार्यान्वयन गर्न नसकेको गुनासो गरेका छन् । नेता कोइरालाले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसाबले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे । उनले शिक्षा र स्वास्थ्यको महँगी हटाउनुपर्ने माग गरे । सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘मलाई केही चिन्ता लागेको छ । हामीले संविधानमा बडा सजिलो गरी लेखिदिन सजिलो रहेछ । शिक्षा र स्वास्थ्यलाई निःशुल्क भन्यौँ । एजुकेसन यस्तो महँगो भइसकेको छ, त्यसको प्राइस कसरी घटाउने हो रु मानिस अब पढ्नै नजाने अवस्था भइसक्यो । सरकारी क्याम्पसहरूमा पनि विषयअनुसार पैसा छैन भने पढ्नै नसक्ने अवस्था छ । हेल्थको हेर्दा पनि दिनप्रतिदिन बढ्दो अवस्थामा छ । यसले हुने खानेले मात्रै पढ्ने हो की, नसक्नेले पनि जान सक्ने बनाउनुपर्ने हो त्यतातिर पनि हाम्रो ध्यान जान सक्नुपर्छ।’

नेता कोइरालाले आफ्ना सन्तानलाई पढाउन सक्ने अवस्था नै नरहेको बताएका छन् ।