images

बाँकेको गनापुरमा बस दुर्घटना, २ जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं । बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार ज्यान गुमाउनेमा दाङको तुलसीपुरका सन्तोष भुसाल र मानबहादुर ओली रहेका छन् ।

घाइतेहरूलाई नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।