images

देउवालाई प्रधानमन्त्री पद त्यागेर राजनेता बन्न शर्माको सुझाव, छोड् भन्दैमा नछाड्ने देउवाको जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग देखाउन महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन् ।

उनले केन्द्रीय समितिको बैठकमा बोल्दै यस्तो प्रस्ताव राखेका हुन । उनले एमालेसँगको ७ बुँदे समझदारी बमोजिम ०८३ असारसम्म ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्ने र एकताबद्ध रुपले साथ दिनुपर्ने बताएका छन् । तर त्यसपछि सभापति देउवालाई आफू प्रधानमन्त्री नबनेर आफ्नै पुस्ताका कोही नेतालाई बनाउन आग्रह गरे ।

शर्माले नाम देउवालाई डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, अर्जुनरसिंह केसीमध्येबाट प्रधानमन्त्री बनाउन देउवाले प्रस्ताव गर्न सक्ने विकल्प दिएका छन् । कर्म र त्याग जोडिँदा मात्रै राजनेता हुने उल्लेख गर्दै महामन्त्री शर्माले अरु सबै गरिसकेको अब त्याग गर्न बाँकी रहेको बताए ।

यता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई कसैले छोड् भन्दैमा आफूले प्रधानमन्त्री पद नछाड्ने जवाफ दिएका छन् । यसअघि बैठकमा बोल्दै महामन्त्री शर्माले अब तपाईँ प्रधानमन्त्री बन्नुहुन्न, त्याग गर्नुपर्छ भनेका थिए । देउवाले त्यसको जवाफ दिएका हुन् ।

‘तपाईँले छोड् भन्नुभयो, ठिक छ त्यो तपाईंको विचार हो, तर कसैले छोड् भन्दैमा मैले छोड्नुपर्छ भन्ने छैन । म अहिल्यै छोड्दिन,’ देउवाले भने ।