images
images

ओलीलाई बालेनको प्रश्नः नाबालिगमाथि हिंसा गर्ने सांसदलाई किन नसमातेको ?

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमाले सांसद रेखा शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको विषयमा प्रश्न गरेका छन्।

प्रदेश सांसद रहेकी शर्माले दैनिक रूपमा ती बालिकालाई कुटपिट समेत गर्दै आएको बताउँदै मेयर बालेनले २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै आपत्ति जनाएका हुन्।

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नाबालिगकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ,’ मेयर बालेनले भनेका छन्, ‘दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन।’

मेयर बालेनले अदालतले पनि मुद्दा चलाउन भनेको ब्यहोरा समेत सार्वजनिक गरेका छन्।

उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै अघि भनेका छन्, ‘सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईँको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ। सायद तपाईँको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS