images

प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा लागेका छन् : ओली

काठमाडौं । नेकपा एमालेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट बाहिरिनुपर्दाको पीडा पोखेको निष्कर्ष निकालेको छ ।

पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकले प्रचण्ड आक्रोशित हुनु स्वाभाविक भएको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । बैठकमा ब्रिफिङ गर्दै ओलीले प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको भन्दै सफल हुन नदिने बताए ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा भएको नाराबाजीबारे जानकारी गराउँदै समाजमा बढेको अराजकताको ब्रिफिङ गरेका थिए ।

एमाले र अहिलेको सरकारविरुद्ध चौतर्फी घेराबन्दीको प्रयत्न भइरहेकाले पार्टीले एक ढिक्का भएर त्यस्ता गलत प्रयासको प्रतिवाद गर्नुपर्ने धारणा अध्यक्ष ओलीले राखेका छन् ।

एमालेले आगामी २०८४ को निर्वाचनबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानमा छ । बैठकमा ओलीले आगामी चुनावमा एकल प्रतिस्पर्धा गर्ने जानकारी गराएका छन् ।