images

सहकारी ठगीको आरोपमा पूर्वडीआइजी जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । पोखराको सूर्य दर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीले उनलाई ५ दिनको म्याद थप गराएको हो । अदालतले म्याद थप गरेसँगै जोशीमाथि अनुसन्धान सुरु भएको छ ।

जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुनेछ । जोशीमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेको थियो । तर अदालतले ५ दिनको मात्रै म्याद दिएको हो । काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा लगिएको हो ।