images

सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ।

सोमबार उनका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले छाड्न अस्वीकार गरेको हो।

राउतको इजलासले उनलाई पक्राउ गर्नुको कारण पेश गर्न मात्रै आदेश दिएको हो।

प्रहरीको साइबर ब्युरोले प्रसाईलाई चरित्र हत्या गरेको आरोपमा आइतबार पक्राउ गरेको थियो।

काठमाडौं जिल्ला अदालतलाई प्रसाईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।