images
images

रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार धरौटी बुझाएर रिहा 

काठमाडौं । लागु औषधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्व सांसद डा.ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश भोला ढकालको इजलासले बिहीबार ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने थुनछेक आदेश दिएको हो।

उनी भदौ २७ गते पोखरा महानगरपालिका–९ पृथ्वी चोकमा रहेको दिया फार्मेसीबाट पक्राउ परेका थिए। साउन ३ गते लागु औषध मुद्दामा पक्राउ परेका युवाले बयान दिएपछि दिया फार्मेसीका सञ्चालकसमेत रहेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका– ४ नाला मुख बस्ने ४२ वर्षीय प्रकाश थापा मगरलाई लागु औषधसहित पक्राउ गरेको थियो।

प्रहरीले उनको साथबाट ९७ ट्याब्लेट ट्यापेन्टाडोल बरामद गरेको गरेको थियो। बयानमा डा.ढाकाको फार्मेसीबाट खरिद गरेको बताएपछि अनुसन्धानमा तानिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेको डा. ढाकाले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका थिए।

गत आइतबारदेखि भने उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँगै एउटै कोठामा राखिएको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS