images

ओलीको कम्बोडियामा साढे ३२ अर्ब लगानीको तथ्य के हो ?

काठमाडौं । मेडिकल व्यवसायि दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको टेलिकम एक्जिएटा कम्पनीमा लगानी रहेको आरोप लगाएका छन् । प्रसाईले आफ्नो फेसबुक पेज मार्फत २१ करोड अमेरिकी डलर लगानी रहेको खुलासा गरेका हुन । जसको नेपाली मुल्य साढे ३२ अर्ब भन्दा धेरै हुन आउँछ । प्रसाईले फेसबुक मार्फत यस्तो खुलासा गरेपनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । एमाले लगायत प्रधानमन्त्री ओलीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैनन् । यसअघि मे १४ २०१९ मा अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया विजनेस फोरममा सहभागि हुन कम्बोडिया पुगेको थिए । नेकपा एमालेले प्रसाईँलाई कम्बोडियामा लगानी भएको विषय पुष्टि गर्न चुनौति दिएको छ । देशको प्रधानमन्त्रीमाथि विना तथ्य अफवाह फैलाएको भन्दै कडा सामना गर्ने एमालेको तयारी छ । प्रसाईँले भने आफ्नो फेसबुक पेजमा सानो भिडियो क्लिप्स सार्वजनिक गर्दै ओली, विष्णु रिमाल, प्रदिप ज्ञवालीको एजियाटा कम्पनीमा लगानी रहेको दाबी गरेका छन् ।