
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा मन्त्रालयगत नियमित एजेन्डामा पनि छलफल हुने बताइएको छ । यसअघि मंगलबार बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो ।