
काठमाण्डौ । रामेछापमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ६ को सिमलडाँडा भिरमा जीप सडकबाट तल खेसेको हो । दुर्घटनामा गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै जीपका चालक हिराबहादुर कार्कीको पनि मृत्यु छ । मृत्यु हुनेमा तीन जनाको परिचय थाहा हुन सकेको छैन । १४ सिट क्षमता भएको जीपमा आठ जना सवार रहेका थिए । काठमाण्डौबाट रामेछापतर्फ गुडिरहेको जीप दुर्घटनामा परेको हो ।