
काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही विजयी भएका छन् ।
उनले १४३ मत ल्याएर विजयी भएका हुन् । २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका परबहादुर शाही निर्वाचित भएका थिए । उनको पहिरोमा परेर निधन भएसँगै उपनिर्वाचन भएको हो ।