काठमाडौं । सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो । यसबारे अनुसन्धानकको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो । सहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान लिइएको थियो ।
लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार लामिछानेसँग ७४ वटा प्रश्न सोधिएको छ । स्वर्णलक्ष्मीबाट लिएको ऋण, फिर्ता रकम र फिर्ता हुन नसकेको रकमबारे उनलाई प्रश्न गरिएको थियो ।