
काठमाण्डौ । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई नेपालको हितमा रहेको बताए । चितवनमा भएको कार्यक्रममा उनले चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको बताए । इन्डो प्यासेफिक स्ट्राटिजी आइपिएस र बिआरआईका सन्दर्भमा अध्यक्ष प्रचण्डको पछिल्लो प्रतिक्रिया आएको हो ।
अध्यक्ष प्रचण्डले नागरिकले अपेक्षा गरेको विकासको चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएकोसमेत बताए । आफूहरुको ध्यान सरकारतिर नरहेको तर सरकारका कामको खबरदारी निरन्तर गरिरहने उनको भनाइ छ ।