images

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिवमा मोहन वैद्य सर्वसम्मत

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मोहन वैद्यलाई महासचिव चयन गरेको छ। मंसिर १३ देखि २३ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनले किरण वैद्यलाई सर्वसम्मतिले महासचिव चयन गरेको हो ।

मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टीले महाधिवेशनबाट संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, पूर्ण केन्द्रीय समिति ११७ जनाको हुने, ९५ जना वैकल्पिक केन्द्रीय सदस्य राख्ने र केन्द्रीय परिषद् समेत बनाउने निर्णय गरेको जनाएको छ। पार्टीले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्यालाई लिई पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवं संयुक्त मोर्चा गरी संघर्षका कामलाई अगाडि बढाउँदै लैजाने निर्णय गरेको छ।