काठमाडौँ । निर्धारित समय भन्दा झन्डै तीन घण्टा ढिलो गरी एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बुधवार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक पौने दुई बजे मात्र सुरु भएको हो । बैठकका लागि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली साढे १ बजे मात्र पार्टी कार्यालय च्यासल पुगेका थिए । एमालेले आजको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गर्ने जनाएको छ ।