काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ । शनिवार दशरथ रंगशालामा हुन लागेको दीक्षान्त समारोहमा १४ हजार ३०८ विद्यार्थी सहभागी हुँदैछन् ।
जसअनुसार स्नातक तहका ९ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिल तहका ६३ जना र पीएचडीका १२२ जना विद्यार्थी दीक्षान्त समारोहमा गाउनसहित सहभागी हुनेछन् । त्रिवि प्रवक्ता एमानसिंह बोहराका अनुसार ६२ औँ ग्रेस लिस्टमा समावेश ७४ हजार १४९ विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका थिए ।
दीक्षान्त समारोहमा सहभागी हुनेहरूका सवारी साधन पार्किङका लागि विभिन्न तीन ठाउँ तोकिएका छन् । जसमा विद्यार्थी र अभिभावकहरूका सवारी साधन सैनिक मञ्च टुँडिखेल, अतिथि, शिक्षक कर्मचारीहरूका सवारी साधन परराष्ट्र मन्त्रालय, कन्सुल शाखा कार्यालयको हाताभित्र र शिक्षक कर्मचारीका सवारी साधन वर्ल्ड ट्रेड सेन्टरको पार्किङ स्थलमा व्यवस्था गरिएको प्रवक्ता बोहराले बताए