काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा भएको आगलागीका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ।
लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो । वनमा लागेको आगलागीका कारण अन्य तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यसअघि अधिकारीहरूले दुई जनाको मृत्यु भएको पुष्टि गरेका थिए । केही घाइते भएका छन् ।
हालसम्म एक हजारभन्दा बढी घर वा भवनहरू क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएको बीबीसीले जनाएको छ । आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
क्यालिफोर्नियालगायत एरिजोना बाहिरका अधिकारीहरू पनि अग्नि नियन्त्रकहरूलाई मद्दत गर्न आएका छन् । लस एन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगलागी फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै आपतकाल घोषणा गरिएको छ ।