images

बाबुरामको टिप्पणी : ओली अलि बढी खुला र प्रस्ट, प्रचण्ड सदा झैँ कुटिल

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (एमाले) र माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको आलोचना गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै दुवैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रुसी पार्टीको झल्को आएको बताएका छन् ।

बाहिरी रूप ’समाजवादी’ देखिए पनि भित्री सार भने ’नोकरशाही पुँजीवादी’ रहेको उनको टिप्पणी छ । ’ओली र प्रचण्डका कम्युनिष्ट पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो– बाहिरी रूप समाजवादी भित्री सार नोकरशाही पुँजीवादी !’ उनले लेखेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डभन्दा बरू एमाले अध्यक्ष केपी शर्मा ओली बढी खुला र प्रस्ट रहेको उनको टिप्पणी छ । ’बरू ओली अलि बढी खुला र प्रष्ट ! प्रचण्ड सदा झैं कुटिल र छद्म ! खासगरी नेपालको जटिल भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा ! बाघ vs ब्वाँसो ? नेपाल र रूसको नियति फरक होला ?’ उनले लेखेका छन् ।