images

पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशी ८८ लाख रुपैयाँ धरौटीमा रिहा हुने भएका छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजालसले जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यस्तै, अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

जिबी राईसँग मिलेर रकम ठग्ने काममा संलग्न रहेको अभियोगमा लिला पछाईं, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छाड्ने आदेश भएको छ।

नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, लिला पछाईंलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।

पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको भन्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो।