काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहरकारीको रकम अपचलनको मुद्दामा आरोपित तीन जना धरौटी बुझाएपछि रिहा भएका छन् ।
रिहा हुनेमा आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङ रहेको जिल्ला अदालत कास्कीले जानकारी दिएको छ ।
आरतीलाई ५ लाख, मीनालाई ५ र कृष्णलाई १ लाख धरौटी माग गरिएको थियो । त्यस्तै, लीला पछाईँलाई ३७ लाख धरौटी मागिएकोमा नबुझाएपछि उनलाई कारागार लगिएको छ ।
यस प्रकरणमा अदालतले रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख र छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।