images

सरकारले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै

काठमाडौं  । सिंहदरबारस्थित मन्त्रालयको सभा हलमा आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालय अन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबहाली गरेका दिन मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको कृषि अनुदान विवरण सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गरिब, विपन्न किसानले कृषि अनुदान प्राप्त सकुन् भन्ने ध्येयले  काम गरिरहेको कृषिमन्त्री अधिकारीले बताए । कृषि अनुदान वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शी बनाउनु जरुरी छ उनको भनाई छ। यसैका लागि मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको मन्त्री अधिकारीले बताए ।