
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई तोकेको छ।
हाल कार्यवाहकको जिम्मेवारीमा रहेका मनिष झा निजी कार्यमा व्यस्त हुने भएपछि रास्वपाले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको हो।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएका हुन्। रावल रास्वपाकी सह प्रवक्तासमेत हुन्।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई माग ३ गतेबाट लागू हुने गरी माग ३० गतेसम्म रावललाई जिम्मेवारी दिएको बताए ।
रास्वपाले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८१,१०,०३ गतेदेखि मिति २०८१,१०,३० गते नेसं ११४५ पोहेलागा तृतीया देखि सिल्लाथ्व पुन्ही सम्म कार्यवाहक प्रवक्ता श्री मनिष झा निजी कार्यमा व्यस्त रहनुहुने भएकोले उल्लिखित अवधिका लागि कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालबाट सह प्रवक्ता श्री प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी गराउँदछौ ।’