images

कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

काठमाडौं । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । चार महिनापछि सुरु भएको अधिवेशनका लागि बिजनेस पर्याप्त रहेको सरकारले बताएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकका लागि कार्यसूचीमा पाँच वटा विषयहरू छन् । सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्नेछन् ।
त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ । सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेश गर्ने पनि कार्यसूची छ ।
मुख्य न्यायाधीवक्ताको काम कर्तव्य अधिकार र सेवाको सर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुनेछ ।
अधिवेशन सुरु भएको पहिलो दिन भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले आफ्नो मन्तव्य राख्ने कार्यसूची पनि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।