
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेको हो ।
यसअघि अरू दुई जनालाई पक्राउ गरिसकेको छ ।
माघ २ गते अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेर निस्किएका त्रिपाठीमाथि अदालत परिसरमै कुटपिट भएको थियो ।
अन्य फरार व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि सिंहदरबार वृत्तले अनुसन्धान गरिरहेको छ ।