images
images

अखिल (क्रान्तिकारी)को नेतृत्वका चयन गर्न आज मतदान, ४ जना उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आगामी नेतृत्वका लागि आज मतदान हुँदैछ।

अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज मतदान हुन लागेको हो। देशभरबाट २४ सय भन्दा बढी प्रतिनिधिहरूले मतदानमा भाग लिँदैछन्।

उपत्यका विशेष प्रदेश र बागमती प्रदेशको मतदान काठमाडौंमा हुँदैछ। मतदान केहीबेरमा सुरु हुँदैछ। उपत्यका विशेष प्रदेशको विश्वभाषा क्याम्पस र बागमती प्रदेशको वाल्मीकि क्याम्पसमा हुँदैछ। अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ।

अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा ४ जना भिड्दैछन्। उम्मेदवारहरू उपदेश यादव, सुदिन पौडेल, विजयप्रकाश सापकोटा र हेमन्त राईबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुनेछ।

महासचिवमा ८ जनाले प्रतिस्पर्धा गर्दैछन्। तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुयाँलबीच प्रतिस्पर्धा हुने भएको हो।

अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ जना सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालयसहित कुल ३१२ जना निर्वाचनबाट चयन हुनेछन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS