![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2025/02/harka-min-scaled.jpg?fit=1568%2C795)
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।
मेयर साम्पाङले विश्वकर्माविरुद्ध आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् । उजुरीमा उनले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने समेत माग गरेका छन् ।
विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाले १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको साम्पाङको उजुरीमा छ । बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ के, कसरी, कहाँ खर्च भयो त्यसको हिसाब विश्वकर्माले दिनुपर्ने साम्पाङको माग छ ।