काठमाडौं । सरकारले जारी गरेका ६ वटा अध्यादेश पारित गर्न जनता समाजवादी पार्टी, नेपाल निर्णायक भूमिकामा छ । अध्यादेशबारे सकारात्मक कि नकारात्मक भन्ने धारणा खुलाई नसकेको जसपा, नेपालले भित्र–भित्रै प्रदेशदेखि संघसम्म सरकारमा सहभागिताका लागि बार्गेनिङ गरिरहेको छ भने सत्तारुढ दलहरू पनि जसपा, नेपाललाई सरकारमा सहभागी गराउन तयारी गरिरहेका छन् । जसले सरकारमा सहभागिताको ग्यारेन्टी हुना साथ जसपा नेपालले अध्यादेशमा सहयोग गर्ने सम्भावना पक्कापक्की जस्तै देखिएको छ ।