![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2024/11/Gold-_____.jpg?fit=1200%2C550)
काठमाडौं । नेपाली बजारमा बुधबार(आज) सुनको मूल्य घटेको छ । मंगलबार एक लाख ७० हजार २०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।
बुधबार दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार ९४५ रुपैयाँ प्रतितोला रहेको चाँदी बुधबार प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।