
काठमाडौं । भारतको ओडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)ले प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने भएको छ।
कलेजले बिहीबार एक सूचना जारी गर्दै लम्सालको सम्मान र संस्मरणका लागि उनको नाममा विशेष छात्रवृति प्रदान गर्ने घोषणा गरेको हो।
यहीँ फागुन ४ गते केआइआइटीको होस्टलमा झुन्डिएको अवस्थामा बुटवलकी लम्सालको शव फेला परेको थियो। प्रकृतिको बुधबार राति नै नेपाल ल्याएर दाहसंस्कार गरिएको छ।
सोही क्रममा केआइआइटीका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकालाई भेटेर प्रकृति राम्रो विद्यार्थी भएको र उनीजस्ता अन्य विद्यार्थीलाई पढ्ने वातावरण प्रभावकारी बनाउनका लागि छात्रवृत्तिको घोषणा गरिएको जनाइएको छ।
सामन्तले नेपाली दूतावासका काउन्सिलरहरूसँग पनि भेट गरी र नेपालका परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग फोनमा कुराकानी गरी यस विषयमा गरिएका कारबाहीहरूको बारेमा जानकारी गराएका थिए।
सूचना हेनुहोस् :