images

माओवादी केन्द्रको तराई-मधेस जागरण अभियान आजदेखि सुरु हुँदै

काठमाडौं   नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान सोमबारदेखि सुरु हुन लागेको छ ।  झापाको कचनकवलबाट अभियान सुरु हुन लागेको हो ।

उक्त अभियानका लागि अध्यक्ष प्रचण्डसहितका नेताहरू झापा पुगिसकेका छन् । माओवादीले गत केन्द्रीय समिति बैठकबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तथा दलाल, बिचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न अभियान सञ्चालन गर्न लागिएको प्रवक्ता अग्नि सापकोटाको भनाइ छ । अभियान चैत ७ गतेसम्म चल्नेछ ।