images
images

दसौँ राष्ट्रिय खेलकुद फेरि सर्‍यो, यो वर्ष नहुने

काठमाडौं । यसअघि दुई पटक तोकिएको समयमा हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः तेस्रो पटक सरेको छ।

यो चैत अन्त्यमा तय भएको मितिमा समेत प्रतियोगिता नहुने भएपछि यो वर्ष प्रतियोगिता नहुने भएको हो।

कर्णाली प्रदेशमा हुने तय भएको दसौँ राष्ट्रिय खेलकुदको नयाँ मिति आगामी जेठका लागि तोकिएको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो।

यसअघि राखेपको ११८ औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो। खासमा प्रतियोगिता गत मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना भइसक्नुपर्ने थियो। तर सरकारको प्राथमिकतामा नपर्दा लगातार सर्दै आएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS