images

 सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं नेपाली बजारमा बिहीबार(आज) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।

बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको ३५ रुपैयाँले बढेको छ । बुधवार १ हजार ९५० रुपैयाँ  कायम भएको चाँदीको मूल्य  बिहीबार तोलामा १ हजार ९८५  रुपैयाँ कायम भएको छ ।