images

पूर्वराजालाई प्रधानमन्त्रीको चुनौतिः लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति दिएका छन् ।

बिहीवार महोत्तरीमा बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै ओलीले पूर्वराजा शाहलाई चुनौति दिएका हुन् ।

उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मानिसहरु कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गरे ।

उनले लोकप्रिय लागेको भए निर्वाचनमा लड्न चुनौति दिए । छायाँ अघि सारेर नभइ आफैँ राजनीतिक दल खोलेर निर्वाचन लड्न पूर्वराजालाई ओलीको चुनौति छ । संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न सबैलाई खुला रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘अब हुँदाहुँदा हिजो की अस्तिको दिन हो । उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र कताबाट उदिनेर, कहाँबाट उदिनेर ल्याउने हो रु ल्याएर कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे । अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरु कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयो रु कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस् । संविधानअनुसार आउनुस् । पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस् । आउनुस् पार्टी खोल्नुस् । एउटा घोस्ट भन्छ नि छायाँ अघि सारेर होइन, आफू अघि सर्नुस्न् । लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुस् न । तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि । आउनुस् चुनाव लड्नुसु, पार्टी खोलनुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अफ्ठ्यारो प¥यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने । अब यस देशमा सामन्ती राजतन्त्र, जन्मिदै राजा हुने कोही, कोहीले जुनसुकै क्षमता भएपनि रैती भएर बस्नुपर्ने यस्तो प्रणाली हुँदैन । नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार गर्दैनन् । राजतन्त्र मान्य हुँदैन । हाम्रो संविधानले राजतन्त्र चिन्दैन । नेपाली जनताले फालिसकेका छन् । म स्पष्ट भन्न चाहन्छु, बेकारको तनाव बढाउने काम कसैले पनि गर्न नखोज्नुस् । ’

प्रधानमन्त्री ओलीले देश विकास निर्माणका कामबाट अघि बढिरहेकोदाबी पनि गरेका छन् ।