images

अर्थ समितिको बैठक बस्दै

काठमाडौं   प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान १० बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।