images

प्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्न लागेका छन् ।

ओलीले आइतबार दिउँसो १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

यसअघि ओलीले लुम्बिनी र कर्णाली प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए।