images

पूर्वराजालाई प्रधानमन्त्रीको प्रश्नः केमा साथ माग्नुभएको हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिलाई लिएर प्रश्न सोधेका छन् ।

फागुन ५ गते शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको भन्दै ओलीले सोधे– ’फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो । संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ । कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न त । मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ ?’ सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले पूर्वराजाको क्रियाकलापले देश अप्ठ्यारोमा पर्न लागेको बताएका छन् । देशलाई फेरि पछाडि फर्काउने प्रयास भएको भन्दै ओलीले आपत्ति पनि जनाए । ओलीले भने, ’उहाँहरूको अस्थिरताका क्रियाकलापहरूले उहाँद्वारा प्रेरित क्रियाकलापले देश अफ्ठ्यारोमा पर्दै छ । म उहाँलाई सुझाव दिन चाहन्छु– पूर्वराजाको हैसियतले, पुस्तौनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ मागेको कि भोट मागेको कि के मागेको ?’

राजनीतिमा आउने भए आफूहरू शाहलाई स्वागत गर्न तयार रहेको ओलीको भनाइ छ । तर आफूलाई साथ देऊ, आउँछु भनेर के कुरालाई इंगित गरेको भन्ने आफूले नबुझेको ओलीको भनाइ छ ।

आइतबारमात्रै पूर्वराजा शाह एक महिने पोखरा बसाइ सकेर काठमाडौँ फर्किएका छन् । काठमाडौँमा उनको स्वागतका लागि राजावादीहरूको बाक्लो उपस्थिति थियो ।