
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाविधेशन निर्धारित समयमै हुने बताएका छन्।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा देखिएको प्रदर्शन अद्भूत नभएको प्रतिक्रिया पनि दिए।
सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा हुन्छ भन्ने प्रतिक्रिया दिए।
यस्तै, काठमाडौँमा आइतबार राजावादीहरुको प्रदर्शन अद्भुत भयो नि ? भन्ने प्रश्नमा सभापति देउवाले कुनै अद्भुत प्रदर्शन नभएको प्रतिक्रिया दिए।
उनले केही नभएको भन्दै आत्तिनुपर्ने कारण नरहेको बताए । पूर्वराजा शाहलाई भारतले उचालेको हो भन्ने प्रश्नमा उनले कसैले उचाल्ने कुरा नभएको र उचालेको थाहा नरहेको बताएका छन्।