images

राजा फर्काउने भनेर गरिएका गतिविधिहरु अस्वीकार्यः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरु अस्वीकार्य रहेको बताएका छन्।

सोमबार सिंहदरबारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार रहेको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने उल्लेख गरे।

आइतबार पोखराको एक हप्ताको बसाइपछि काठमाडौँ फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरुको उल्लेख्य उपस्थिति थियो। पूर्वराजा शाहको स्वागतमा जम्मा भएको भीडपछि सोही विषयमा छलफल गर्न माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरुले पदाधिकारी र सचिवालय बैठकसमेत बसेका छन्।

साथै राजतन्त्रवादी समूहहरुलाई प्रतिगामी शक्तिको संज्ञा दिँदै यस्तो कार्य स्वीकार्य नहुने र गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने आह्वानसमेत गरिसकेका छन्। सोही विषयलाई लिएर सिंहदरबारमा पनि दुई नेताहरुबीच छलफल भएको हो।