images

आगामी शैक्षिक सत्रबाट इटहरी उपमहानगरपालिकाका विद्यालयहरुमा एउटै पोशाक लागू हुने

सुनसरी- आगामी नयाँ शैक्षिक सत्र देखि सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्र भरिका विद्यालयहरुले एकै पोशाक लागु गर्नु पर्ने भएको छ । पोशाककै कारण समेत विद्यार्थीहरुमा असमानता देखिदै आएको तर्फलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले पोशाकमा एकरुपता अपनाउने भएको हो ।

नयाँ शैक्षिक सत्र नजिकी रहेको समयमा उपमहानगरपालिकाले पोशाकमा एकरुपता ल्याउने निणर्य गरेर विद्यालय पोशाकमा देखिएको विविधता हटाउन लागेको उपहानगरपालिकाले जनाएकाे छ । नगरशिक्षा समिति इटहरीले विद्यार्थीको पोशाकलाई एकरुपता ल्याउन सामुदायिक तथा संस्थागत विद्यालयमा एकै खाले पोशाकको लगाउनु पर्ने निणर्य गरेको नगरप्रमुख हेमकर्ण पौडेलले स्पेस समाचारलाई जानकारी दिए ।  उनले विद्यार्थीको पोशाक हेरेर इटहरीको विद्यार्थी रहेछ भनेर थाहा पाइयोस भनेर पनि पोशाकमा एकरुपताको निणर्य गरिएको बताए ।

कतिपय संस्थागत विद्यालयले शैक्षिक सामाग्री देखि पोशाक समेत विक्री गर्दै आएको गुनासो समेत आउने गरेको उपमहानगरपालिकाले जनाएको छ । पोशाकमा एकरुपतासंगै उपमहानगरपालिका कर्मचारी ,जनप्रतिनिधि लगायतका लाभका पदमा रहेकाहरुका सन्ततीहरुलाई अनिर्वाय रुपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने निणर्य समेत इटहरी उपमहानगरपालिकाले गरेको छ ।

इटहरीमा १ सय ३४ संस्थागत तथा ३६ सामुदायिक गरि १ सय७० वटा विद्यालय छन् । जयसमा ६३ हजार ५ सय २६ विद्यार्थी अध्ययनरत रहेका छन । सुनसरीबाट मोहन अधिकारी