images
images

कविता- मान्छे, राक्षस र भगवान !

मान्छे भन्न त भगवान मान्दिन भन्छ
खोइ कहाँ छ भगवान भन्छ
जब स्वार्थि बहुरूपीहरूले चटक देखाउँछन
उसैलाई भगवान बनाइदिन्छ
मान्छेलाई भगवान बनाउन सक्ने त झन ठूलो भगवान
भगवानै नमान्ने नास्तिक उ, आँफैलाई महा–भगवान ठान्न थाल्छ !
चटकेहरूको मखुण्डो उत्रिएपछि
यो त राक्षस पो रैछ भन्न थाल्छ
मान्छेलाई भगवान बनाएर महा–भगवान भएको उ
मान्छेलाई राक्षस बनाउँदा चाहिँ आँफु महा–राक्षस भएकाे महशुसै गर्दैन !
श्रृङ्खला फेरि दोहोरिन्छ
मान्छे म भगवान मान्दिन भन्छ
भगवानको अस्तित्वमाथि प्रश्न गर्छ
जीहजुर गर्ने कोही न कोही त चाहियो नि हजुर
भगवान बनाउन फेरि अर्को चटकेको खोजी गर्न थाल्छ !

A complete Nepali News Portal based on news & views
images
SKIP THIS