images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा मन्त्रीहरुको कामबारे समिक्षा हुने

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक (भोलि) बिहिबारबाट सुरु हुने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसबाट मन्त्री बनेकाहरुको काम कारबाहीबारे समीक्षा गरिने कांग्रेसले जनाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस दाहाल नेतृत्वको सरकारमा सामेल भएको थियो। संघीय सरकारमा कांग्रेसबाट नौ जना मन्त्री रहेका छन्।

विहिबार दिउँसो एक बजेबाट कांग्रेस मुख्यालय सानेपामा हुने बैठकमा पार्टीको महासमिति बैठक र आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको तयारीका सम्बन्धमा समेत छलफल हुने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

भोलिको बैठकका बारेमा एजेण्डा तय गर्न महामन्त्रीद्वय गगन थापा,विश्वप्रकाश शर्मा र सभापति शेर बहादुर देउवाबीच बुधबार देउवा निवास धुम्बाराहीमा छलफल समेत भएको छ। का‌ग्रेस केन्द्रीय कार्यसमितकाे बैठक प्रत्येक दुइ महिनामा बस्ने गर्छ ।